logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • गोपनियता भंग हुने भएकाले बैठकको लाइभ गरिएनः माधव सापकोटा

    गोपनियता भंग हुने भएकाले बैठकको लाइभ गरिएनः माधव सापकोटा

    1.5K
    Shares
    गोपनियता भंग हुने भएकाले बैठकको लाइभ गरिएनः माधव सापकोटा

    काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

    बुधवार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफलको विषयहरु राखिसकेपछि १८ जना केन्द्रीय कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका हुन् ।

    अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको तथा अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रिय कमिटी सदस्य माधव सापकोटाले बताए ।

    उनले एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताए । उनले बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पारे ।

    उनले भने, ‘पार्टी अध्यक्ष कमरेडले बैठकमा छलफल गर्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावको सार संगठनात्मक संरचना भद्दा र चुस्त नभएको कुरा उठिरहेको थियो, यसलाई दुरुस्त बनाउने र एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन गर्ने । विधान सम्मेलनबाट पार्टीलाई चुस्त र व्यवस्थित बनाउने प्रश्ताव राख्नुभएको छ । आज १८ जनाले आफ्ना धारणा राख्नुभयो । बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनियता भंग हुन्छ । त्यसलाई आन्तरिक रुपमा सिमित गरिएको हो ।’

    केन्द्रीय सदस्य सापकोटाले बैठकको लाइभ गर्दा गोपनियता भंग हुने भएकाले नगरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend