logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • डेंगु नियन्त्रणका लागि काठमाडौं महानगरले सुरु गर्‍यो अभियान

    डेंगु नियन्त्रणका लागि काठमाडौं महानगरले सुरु गर्‍यो अभियान

    1.7K
    Shares
    डेंगु नियन्त्रणका लागि काठमाडौं महानगरले सुरु गर्‍यो अभियान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण तथा रोकथामका लागि अभियान सञ्चालन गरेको छ ।

    अभियान अन्तर्गत पहिलो दिन आज (बुधबार) नगरवासीलाई डेंगु रोगका विषयमा माइकिङमार्फत जानकारी दिने, पानी जमेको स्थानमा लार्भा नष्ट गर्ने, सरसफाइ गर्ने, सफा गरिएका स्थानमा चुना छर्किनेलगायतका कार्य गरिएको महानगरले जनाएको छ ।

    काठमाडौंको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोवीचौर, तननी, टङ्‍गाल, भेडासिंह, मच्छिन्द्रबहाल, भैरवस्थान, कालोपुल, कंकेश्वरी, इनाटोल, लाजिम्पाट, भृकुटीमण्डप, इटुम्बहाल, इन्द्रचोक लगायतका क्षेत्रमा अभियान सञ्चालन गरिएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend