logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तर फुटसल प्रतियोगता पोखरामा हुने

    राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तर फुटसल प्रतियोगता पोखरामा हुने

    4.5K
    Shares
    राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तर फुटसल प्रतियोगता पोखरामा हुने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्कीका निर्वाचन क्षेत्र समितिको संयुक्त आयोजनामा पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ । साउन २० गते शनिबार कास्कीका तीन समितिको संयुक्त आयोजनामा फुटसल हुन लागेको प्रतियोगिताका मिडिया संयोजक श्रीकृष्ण न्यौपानेले जानकारी दिए ।

    संयोजक न्यौपानेका अनुसार प्रतियोगितामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य हुन अनिवार्य छ । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य न्यौपानेले ‘फुटसल मुस्ताङ प्राइभेट लिमिटेड’ मा प्रतियोगिता हुने जानकारी दिए ।

    शनिबार बिहान साढे १० बजेबाट खेल सुरु हुनेछ । प्ले फर फेलोसिप अन्र्तर क्षेत्र हुन लागेको फुटसल कार्यक्रममा कास्कीका तीन वटा निर्वाचन क्षेत्रबाट ६ वटा टोलीले टिम दर्ता गराइसकेका छन् ।

    ‘हालसम्म ८ वटा टोलीले प्रतियोगितमा सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महानगर कमिटीबाट एक वटा, प्रदेशबाट एक वटा र कास्कीका निर्वाचन क्षेत्रबाट प्रति २ वटा टोली खेल्ने निश्चित भएको हो,’ मिडिया संयोजक न्यौपानेले भने ।

    प्रतियोगिताका संयोजक भने दीपेन्द्र पोखरेल र सह–संयोजक सोमनाथ अधिकारी हुन् ।

    प्रतियोगितमा सहभागी हुने टिमले कास्की क्षेत्र नम्बर १ मा सुजन बस्ताकोटी, क्षेत्र नम्बर २ मा संयोजक पोखरेल र क्षेत्र नम्बर ३ मा सहसंयोजक अधिकारीसँग समन्वय गर्नुपर्ने छ ।

    यस्तै, महानगरबाट प्रतिनिधित्व गर्ने टिमले नारायण आचार्य र प्रदेशको टिमले नवीन त्रिपाठीसँग समन्वय गर्नुपर्ने गरी जिम्मेवारी तोकिएको प्रतियोगिताका मिडिया संयोजक न्यौपानले बताए । प्रतियोगितमा सहभागी हुने प्रति टिमले दर्ता शुल्क २ हजार रुपैयाँ तिर्नुपर्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend