logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ

    चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ

    1.4K
    Shares
    चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ

    कैलाली । जिल्ला धनगढीस्थित एक होटलबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

    प्रहरीले डडेलधुराको परशुराम नगरपालिका–१२ घर भएका १७ वर्षीय गोविन्द भट्टराई र कञ्चनपुर वेदकोटका ४८ वर्षीय बामदेव जोशीलाई पक्राउ गरेको हो ।

    आरोपीतहरुलाई धनगढीको बोराडाँडीस्थित न्यु रोहन होटलबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेश कार्यालयबाट प्रनानि प्रकाश कडायतको कमाण्डमा खटिएको टोलीले अरोपीतहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरेको छ । चितुवाको छाला कारोबारमा संलग्नहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend