logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • चार दिनदेखि जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने

    चार दिनदेखि जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने

    2.7K
    Shares
    चार दिनदेखि जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ ।

    काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठक निर्धारित समयभन्दा लम्बिने भएको हो । बुधवारदेखि शुरू भएको बैठक आइतवार सक्ने निर्धारित कार्यक्रम थियो ।

    चौथो पूर्ण बैठकको चौथो दिनसम्म अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।

    माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकालले नेताहरूले बोल्ने क्रम अझै नसकिएकोले बैठक लम्बिने निश्चित भएको जानकारी दिए ।

    बाँकी बैठक सञ्चालन गर्न अन्यत्र ठाउँको खोजी भइरहेको उनले बताए । बैठकका लागि प्रज्ञा भवन आइतवारसम्म मात्रै बुक गरिएकोले बाँकी बैठक सञ्चालनका लागि अन्यत्र ठाउँको खोजी भइरहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend