logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • सुन प्रकरणका बारेमा छलफल गर्न सभामुख घिमिरेले बाेलाए दाहाल, ओली र देउवा

    सुन प्रकरणका बारेमा छलफल गर्न सभामुख घिमिरेले बाेलाए दाहाल, ओली र देउवा

    1.3K
    Shares
    सुन प्रकरणका बारेमा छलफल गर्न सभामुख घिमिरेले बाेलाए दाहाल, ओली र देउवा

    काठमाडाैँ । सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई बैठकका लागि बाेलाएका छन् । बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।

    सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन भनेका छन् ।

    साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

    सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन् ।

    आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरूले दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend