logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • लिम्बूवानलगायत ६ दलको हड्तालका कारण पूर्वी नेपालका ९ जिल्लाको जनजीवन प्रभावित

    लिम्बूवानलगायत ६ दलको हड्तालका कारण पूर्वी नेपालका ९ जिल्लाको जनजीवन प्रभावित

    3.4K
    Shares
    लिम्बूवानलगायत ६ दलको हड्तालका कारण पूर्वी नेपालका ९ जिल्लाको जनजीवन प्रभावित

    पाँचथर । राष्ट्रिय जनमुक्ति पार्टीसहितको ६ दलले गरेको बन्दको आह्वानका कारण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

    लालमोहर दिवसको अवसरमा आज लालमोहर सन्धिको मर्मअनुसार अरुणपूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा जिल्लालाई लिम्बूवान राज्य बनाइनुपर्ने माग गर्दै बन्दको आह्वान गरेको बताइएको छ ।

    बन्दले पूर्वका नौ जिल्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दको कार्यक्रमलाई विभिन्न पहिचानवादी पार्टी र सङ्घ–सङ्गठनले ऐक्यबद्धता समेत जनाउँदै समर्थन गरेका छन् ।

    साउन २२ गते लालमोहर दिवस, तत्कालीन गोरखा राज्य र लिम्बूवानबीच सन्धि भएको ऐतिहासिक दिन हो ।

    इतिहास अनुसार वि.सं.१८३१ साउन २२ गतेका दिन तत्काली किराँत लिम्बूवान राज्य स्वायत्तता र आत्मनिर्णयको अधिकार उपभोग गर्न पाउने गरी तत्कालीन गोरखा राज्यमा गाभिएको थियो । त्यहीँ सन्धिलाई वि.सं.१८३१ को लालमोहर सन्धि भनिन्छ ।

    लालमोहर सन्धिको मर्म र ऐतिहासिक दसिप्रमाणको आधारमा वर्तमानको सङ्घीय संरचनामा अरुणपूर्वका नौ जिल्लालाई समेटेर छुट्टै लिम्बूवान राज्य बनाइनुपर्ने उनीहरुको माग छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend