logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • स्याङ्जा समाज अमेरिकाको नेतृत्वमा दिनदयाल भण्डारी निर्विरोध निर्वाचित

    स्याङ्जा समाज अमेरिकाको नेतृत्वमा दिनदयाल भण्डारी निर्विरोध निर्वाचित

    9.4K
    Shares
    स्याङ्जा समाज अमेरिकाको नेतृत्वमा दिनदयाल भण्डारी निर्विरोध निर्वाचित

    दिवश भण्डारी, काठमाडौं । स्याङ्जा समाज अमेरिकाको अध्यक्षमा दिनदयाल भण्डारी (दिनेश) सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार अमेरिकाको न्युवोर्कमा भएको तेस्रो अधिवेशनमा दिनदयालको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित भएको हाे ।

    अधिबेशनमा सर्वसम्मत अध्यक्ष निर्वाचित भएका दिन दयालले सुनौलो नेपाल संगको कुराकानी गर्दै आफू अमेरिकामा रहने स्याङ्जाली बासीको जटिल समस्या समाधान गर्न हरेक समय तत्पर रहेको बताए। आजबाट स्याङ्जा समाज अमेरिका र अमेरिकामा रहने सम्पूर्ण स्याङ्जालीहरुको अभिभावक बनेर काम गर्ने बताए।

    कोरोना कालदेखि बाढी पहिरो हुँदै गम्भिर रोगले ग्रस्त भएका र आर्थिक अभावले उपचारबाट बन्चित रहेकालाई आर्थिक सहयोग गर्ने यस समाजले स्याङ्जामा बिगतदेखि उदाहरणीय काम गर्ने गरेकोमा अब उक्त कार्यलाई अझैँ प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए ।

    ‘जसो गर,जे भन, जता सुकै लैजाउ मलाइ, यो मन त मेरो नेपाली हो,भन्ने भावलाई यदि कसैले गहिरो गरि बुझेको छ भने बिदेशमा पसिना बगाएका हामी जस्तैले बुझेका छौं।’ उनले भने ।

    अहिले बधाई दिनेको लगातार फोन आइरहेकाले आफू अलिक ब्यस्त रहेको बताएका दिन दयालले स्याङ्जा हाँस्दा मात्रै आफूँ हास्ने र स्याङ्जा रुदाँ हाम्रो पनि आशु झर्छ, भने ।

    हाम्रो दिनरातको एउटै मेहनत स्याङ्जा खुसी राख्ने,स्याङ्जाली खुसी राख्ने  चाहे त्यो स्वदेश होस् या अमेरिका यत्ति बुझ्नुस् भन्दै दिनादयालले फोन राखे।

    नवनिर्वाचित समाजको १५ सदस्यीय समतिमा पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष खड्का जंग गुरुङ, उपाध्यक्ष धुर्व अर्याल, उपाध्यक्ष अम्बिका केसी, महासचिव शोभाकान्त पाण्डे , सचिबमा याम बहादुर रानाभाट ,कोषाध्यक्षमा अमर बिक्रम अधिकारी ,सह–कोषाध्यक्षमा धर्मराज खड्का,युवा संयोजक प्रदिप कुमार खड्का, महिला संयोजकमा सरु सुनार , सांस्कृतिक संयोजक मधुर गिरी र सदस्यमा सोनम गुरुङ,दिपेन्द्र बस्याल, पन्ना गुरुङ रहेका छन् ।

    यसैबीच, एक समारोहको आयोजना गरी नवनिर्वाचित अध्यक्षसहित पदाधिकरी तथा सदस्यहरुले शपथग्रहण गरेका छन् ।

    No description available.


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend