logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • शीर्ष नेताबीच बार्गेनिङ रातारात गरे हुन्छ, संसद समयमै चल्नुपर्छ : रवि लामिछाने

    शीर्ष नेताबीच बार्गेनिङ रातारात गरे हुन्छ, संसद समयमै चल्नुपर्छ : रवि लामिछाने

    1.2K
    Shares
    शीर्ष नेताबीच बार्गेनिङ रातारात गरे हुन्छ, संसद समयमै चल्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय परिवर्तन गर्न नपाइने बताएका छन् ।

    आज (मंगलबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सभापति लामिछानेले सभामुखले निर्धारण गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्नुपर्ने माग राखेका हुन् ।

    ‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन त्यो समयमा चल्नभन्दा अगाडि चाहे रात परोस्, चाहे विहान होस्, देखिएका, आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखमार्फत आएको सदन चल्ने समयमा सदन किन चल्दैन ?’ उनले भने ।

    तीन जना नेताहरु सल्लाह गर्नुपर्ने भए संसदको तोकिएको समय भन्दा पहिले नै छलफल गर्नुपर्ने र तोकिएको समयमा बैठक सुरु हुनैपर्ने भन्दै उनले भने, ‘यो बार्गेनिङ रातारात किन गर्न सक्दैनन्, सदन चल्ने बेलामा नै किन गरिन्छ ?’ उनले प्रश्न गरे ।

    सांसदहरु हरेक दिन कतिबेला संसद बैठक सुरु हुन्छ भनेर घडी हेरेर बसिरहनुपरेको भन्दै उनले यो क्रियाकलाप हुन नहुने बताए । ‘निरन्तर रुपमा भइरहेको यो क्रियाकलाप रोक्न जरुरी रहेको उनको भनाई छ ।

    ‘केही दलका केही नेताहरु बसेर यत्तिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन, यो तय होस्, सभामुखबाट रुलिङ होस् कि कुनै पनि दिन यदि तोकिएको समय र मितिमा संसद चल्छ भनेर सूचना टाँसिसकेपछि त्यो सयममा घण्टी बज्नुपर्छ । त्यो घण्टी बज्नभन्दा अगाडि जे जे कुरा मिलाउनुपर्छ, मिलाए हुन्छ ।’ सभापति लामिछानेले भने ।

    अमुक नेता मिल्दा र नमिल्दा संसद चल्ने र नचल्ने निर्णय गर्न नहुने भन्दै उनले संसदमा जनताका कुरामा छलफल हुनुपर्ने बताए ।

    ‘संसदीय समितिको भागवण्डाको कुरा मिलेर भागवण्डा मिलेर संसद सहज भएको सुन्नमा आएको छ, यदि त्यसो हो भने हामी खुशी छौं, राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक हिसाबले प्रमुख प्रतिपक्ष बन्न गयो,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend