logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • सदनको अवरोध खुलाउन ओली र देउवासँग प्रधानमन्त्री प्रचण्डकाे छुट्टाछुट्टै छलफल

    सदनको अवरोध खुलाउन ओली र देउवासँग प्रधानमन्त्री प्रचण्डकाे छुट्टाछुट्टै छलफल

    2.4K
    Shares
    सदनको अवरोध खुलाउन ओली र देउवासँग प्रधानमन्त्री प्रचण्डकाे छुट्टाछुट्टै छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    यसअघि सामुहिक भेट गर्दै आएका प्रधानमन्त्री प्रचण्डले बुधबार बेग्लाबेग्लै भेटेका छन् । प्रधानमन्त्री निवास वालुवाटानरमा भएको भेटका क्रममा सदनमा जारी अवरोध र अन्य राजनीतिक सवालमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    १० साउनयता एमालेले प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । संसद सुचारु नहुँदा संसदीय समितिका सभापति चयन सहितका प्रक्रिया समेत अघि बढ्न सकेका छैनन् ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले प्राथमिकतामा राखेर संसदमा दर्ता गरेका विधेयकहरु अड्किएको र त्यसले नेपालकै छविलाई समेत अप्ठारो पार्न सक्ने भन्दै शीर्ष नेताहरुको ध्यानाकर्षण गरेका छन् ।

    मनि लाउन्डरिङ सम्बन्धी विधेयक, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गर्नमा ढिलाई भएको प्रधानमन्त्री प्रचण्डले गुनासो गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend