logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, अब मासिक रिपोर्ट कार्ड बनाइने

    प्रधानमन्त्री प्रचण्डले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, अब मासिक रिपोर्ट कार्ड बनाइने

    2.8K
    Shares
    प्रधानमन्त्री प्रचण्डले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, अब मासिक रिपोर्ट कार्ड बनाइने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड समेत बनाउने भएको छ ।

    आज (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हस्ताक्षर गरेका हुन् ।

    संघीय सरकारका २१ जना मन्त्रीले आफ्नो नेतृत्वमा रहेको मन्त्रालयले गर्ने कार्यको कार्यसूचीसहित प्रधानमन्त्रीसँग सम्झौता गरेका छन् ।

    सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक तोकिएको छ, जसअनुसार आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य पनि निर्धारण गरिएका छन् ।

    सम्झौतापत्रमा गर्नुपर्ने प्रमुख कामहरु बताइएको छ, जसमा कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा समेत उल्लेख गरिएको छ ।

    सम्झौताअनुुसार कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने छ ।

    कार्यसम्पादन सम्झौताको अवधि १ वर्ष कायम गरिएको छ। सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौता मुताबिक बाँकी काम गर्नुपर्नेछ ।

    कार्यसम्पादन सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री प्रचण्डले तोकिएको कार्यादेश र कार्यविवरणबमोजिम प्रभावकारी कार्य गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend