logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने, टुङ्गो नलागे सोही दिन पाकिस्तान जाने

    सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने, टुङ्गो नलागे सोही दिन पाकिस्तान जाने

    16.4K
    Shares
    सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने, टुङ्गो नलागे सोही दिन पाकिस्तान जाने

    काठमाडौँ । सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका लागि पेसी तोकिएको हो ।

    यसअघि काठमाडौँ जिल्ला अदालतबाट माग भएको कागजात अदालतमा प्राप्त भइसकेको भन्दै अदालतले आगामी आइतबारका लागि पेसीमा राखेको हो । यद्यपि साप्ताहिक पेसी भने शुक्रवार मात्रै प्रकाशन हुनेछ ।

    अदालतले आदेश गरे बमोजिम स्थानीय तहबाट पीडित गौशाला २६, उनका परिवारका सदस्यहरूको जन्म मिति खुल्ने कागजात र बसाइसराई गरी जाँदा पेस गरेको कागजातको प्रमाणित प्रतिलिपि स्थानीय तहबाट प्राप्त भइसकेको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार कागजात प्राप्त भए पनि सिलबन्दी रहेको उक्त कागजात भने इजलासमै खोल्ने तयारी गरिएको छ ।

    सन्दीपले भने, ‘मलाई दर्ताको किताब शुभचिन्तकले दिएका हुन्’

    काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार अदालतले प्रतिवादी सन्दीप लामिछानेसँग पनि पुनः सोधपुछ गरेको छ । लामिछानेले बयानका क्रममा पीडित गौशाला २६ को भनी पेस गरेको जन्म दर्ता किताबको फोटोकपी कहाँबाट प्राप्त गरेको भनी अदालतले लिखितरुपमा सोधेको थियो ।

    जवाफमा लामिछानेले उक्त कागजात आफूलाई कुनै शुभेच्छुकले दिएको तर कसले दिएको याद नभएको बयान दिएका छन् । सन्दीपको तर्फबाट अदालतमा पेस भएको जन्मदर्ताको किताबमा पीडित गौशाला २६ को जन्म मिति २०६१ जेठ १८ गते उल्लेख रहेको छ । यद्यपि पीडितको बसाइसराइँ भएको स्थानको स्थानीय तहले भने आफ्नो स्थानीय तहमा त्यस्तो दर्ता किताब नै नरहेको भनी यसअघि नै जवाफ पठाइसकेको छ ।

    आइतबार नै लामिछाने पाकिस्तान जाने तयारीमा

    यसैबीच प्रतिवादी सन्दीप लामिछानेले सफाई पाएको अवस्था वा उक्त दिन मुद्दाको टुङ्गो नलागेमा भदौ १० गते आइतबार राति नै पाकिस्तान जाने तयारी गरेका छन् । लामिछानेका एक कानुन व्यवसायीका अनुसार फैसला भई सफाई पाएमा वा सुनुवाइ नभएमा सोही दिन सन्दीप एशिया कप खेल्न पाकिस्तान जाने तयारी गरेका हुन् । त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान) र अदालतसँग कुराकानी भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend