logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्यायो एमजीको इभी कोमेट र एमजी ४, कति पर्छ मूल्य ?

    पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्यायो एमजीको इभी कोमेट र एमजी ४, कति पर्छ मूल्य ?

    5.6K
    Shares
    पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्यायो एमजीको इभी कोमेट र एमजी ४, कति पर्छ मूल्य ?

    काठमाडौं। एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजीका दुई विद्युतीय सवारीसाधन इभी ‘कोमेट’ र ‘एमजी ४’ सार्वजनिक गरेको छ।

    एमजी कोमेट भारतमा बनेको आकर्षक मूल्यको इभी हो जसले सिंगल चार्जमा २ सय ३० किलोमिटर रेन्ज दिन्छ। यसमा १ सय ७३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ।

    एमजी कोमेटमा यात्रु सुरक्षाका लागि आइपी६७ रेटेड ब्याट्री डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट छन्। सुविधा र सहजताका लागि कोमेटमा एलसिडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधा छन्।

    एमजी कोमेटको सुरुवाती मूल्य १७ लाख ९९ रुपैयाँ छ भने एमजी कसेट इभी प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध छ। त्यस्तै एमजीले कोमेट हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टी छ।

    एमजी ४ सन् २०२३ को ‘युके कार अफ द इयर’ हुनुका साथै यसले युरोपमा पनि सेफ्टीका लागि पाँचतारा पाएको छ। कम्फर्ट र लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध एमजी कम्फर्टको ब्याट्री क्षमता ५१ किलोवाट आवर छ र यसमा ९९ किलोवाट मोटर छ।

    त्यस्तै एमजी लक्जरीको ब्याट्री क्षमता ६४ किलोवाट आवर छ भने १ सय ५० किलोवाटको मोटर छ। एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभ हो जुन यही मूल्यमा नेपाली बजारमा उपलब्ध अन्य इभी सेग्मेन्टमा पहिलो फिचर हो।

    एमजी ४ ले सिंगल चार्जमा ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिन सक्छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend