logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • सुवास नेम्वाङको निधनमा भदौ २८ गते शोक बिदा

    सुवास नेम्वाङको निधनमा भदौ २८ गते शोक बिदा

    2.8K
    Shares
    सुवास नेम्वाङको निधनमा भदौ २८ गते शोक बिदा

    काठमाडौँ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी बिहीबार शोक बिदा हुने जानकारी दिएका हुन्।

    नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पनि अन्तिम संस्कार गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

    त्यसअनुसार नै गृहले सार्वजनिक बिदाको विज्ञप्ति जारी गरेको हो। यस्तै त्यस दिन राष्ट्रिय झन्डा आधा झुकाइने पनि प्रवक्ता शर्माले जानकारी दिए।

    बिहीबार देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको हो।

    बिहीबारमात्रै उनको अन्तिम संस्कार गर्न लागेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend