logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाली बजारमा हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुल्ला हुने

    नेपाली बजारमा हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुल्ला हुने

    3.7K
    Shares
    नेपाली बजारमा हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुल्ला हुने

    काठमाडौं । हुन्डाई गाडीको हुन्डाई एक्सटर–सब नेपाली बजारमा सार्वजनिक भएको छ । मंगलबार भृकुटीमण्डपमा सुरु गरिएको ‘नाडा अटो शो २०२३’ मा अर्थमन्त्री डा.प्रकाश शरण महतबाट अनावरण गरिएको हो ।

    हुन्डाई एक्टर ५ सिटर कम्प्याक्ट एसयुभी हो जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो ‘सब’ रहनेछ । कम्पनीले इ, एस, एसएक्स, एसएक्सओ, गरी चार भेरियन्टमा हुन्डाई एक्टर ल्याउने छ ।

    हुन्डाई एक्टर मा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्टुमेन्ट क्लष्टर पाउन सकिन्छ ।

    हुन्डाई एक्टरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याक, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयुभी बनाएको छ ।

    बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्लील, फ्युचरिष्टीक डिजाइन, एच आकारमा आकर्षक डीआरएलएस दिइएको छ । १८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend