logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • हाम्रो देश हामीले बनाउन सक्छौं, बनाउनुपर्छ, अरु कसैले बनाउँदैन।’:ओली

    हाम्रो देश हामीले बनाउन सक्छौं, बनाउनुपर्छ, अरु कसैले बनाउँदैन।’:ओली

    1.8K
    Shares
    हाम्रो देश हामीले बनाउन सक्छौं, बनाउनुपर्छ, अरु कसैले बनाउँदैन।’:ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नर्सिङ कलेजहरु बन्द हुँदा बोर्डिङमा नर्सिङ क्याम्पस खुलेको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले एजेन्टहरुले सरकारलाई फनफन घुमाएको दाबी गरेका हुन्।

    देशका विकृति, विसंगति रोक्न सक्छौं, रोक्नुपर्छ। हाम्रो देश हामीले बनाउन सक्छौं, बनाउनुपर्छ, अरु कसैले बनाउँदैन।’ओलीले भने,‘हाम्रो शिक्षा, यहाँका नर्सिङ कलेजहरु सबै बन्द गरिदिने बोर्डरमा १७० वटा नर्सिङ क्याम्पसहरु खुलेका छन्।

    यहाँका एजेन्टहरुले १ जना विद्यार्थी त्यहाँ भर्ना हुँदाखेरि ५० हजार बैंक खातामा उताबाट आउँछ। एजेन्टहरु यहाँ छन्। एजेन्टहरुले फनफन घुमाएको छ। अनि शिक्षा सुधारौं भनेर शिक्षकहरु एक दिन सडकमा निस्किए भनेर हल्ला हुन्छ रे, बर्बाद भो केटाकेटी पढाई भनेर अनि।’

    उनले तस्करी काण्डहरु चलाएर देश विकास नहुने बताए। उनले भने, ‘चील आयो चील आयो भन्ने तर कुखुरा एकातिर बोकेर हिँड्ने।’

    उनले देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ हुनु नहुने बताए। देशको नाजुक अवस्थामा पुगेकाले हरेक नेपाली परिवर्तन ल्याउन लाग्नुपर्ने ओलीको भनाई छ। पूर्वप्रधानमन्त्री ओलीले सुख प्राप्त गर्न समृद्धि र न्याय चाहिने बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend