logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • टाटाको नयाँ सोरुम चितवनबाट टियागो इभी र पन्चको बिक्री सुरू

    टाटाको नयाँ सोरुम चितवनबाट टियागो इभी र पन्चको बिक्री सुरू

    2.5K
    Shares
    टाटाको नयाँ सोरुम चितवनबाट टियागो इभी र पन्चको बिक्री सुरू

    काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री(वितरणका लागि भरतपुमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ।

    टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि सोरुम सञ्चालनमा ल्याएको हो।

    ३ हजार ५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थित छ। यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरू उपलब्ध हुने बताइएको छ।

    सोही कार्यक्रममा नेपालमा हालै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नयाँ गाडीहरूको बिक्री(वितरण भरतपुरमा सुरू भएको छ।

    कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो।

    समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरूमा उभिएको छ र कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरू यसमा छन्। यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक रहेको कम्पनीको भनाइ छ।

    त्यसैगरी, टाटाको न्यू फरेभर रेञ्ज अन्तर्गतको पन्चको चार आधारस्तम्भहरू हुन्। मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा। पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभीको रुपमा पनि परिचित छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend