logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो

    बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो

    27.2K
    Shares
    बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो

    बझाङ । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए ।

    उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए । भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् । बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
    राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend