logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुन्ने मान्छे नआएपछि भाषण नगरी हिडे माधव–झलनाथ

    सुन्ने मान्छे नआएपछि भाषण नगरी हिडे माधव–झलनाथ

    79.4K
    Shares
    सुन्ने मान्छे नआएपछि भाषण नगरी हिडे माधव–झलनाथ

    दाङ । सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरमा आइपुग्नु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल भाषण नै नगरी फर्कनु भएको छ । मेची महाकाली जागरण अभियान अन्तर्गत तुलसीपुरको मदन आश्रित चोकमा मंगलबार आयोजित कार्यक्रममा मुस्किलले ३० जना मानिस पनि नआएपछि उहाँहरु भाषण नगरी फर्कनु भएको हो ।

    कार्यक्रममा माधव झलनाथसँग आएका पार्टीका कार्यकर्ता, सुरक्षाकर्मी, र स्वयम् नेताहरु सहित झण्डै १ सय ५० जनाको हाराहारीमा मात्रै उपस्थिति थियो । सुन्ने मानिस नै नआएपछि अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले भाषण नगरेर बाँकेको कोहलपुर तर्फ लाग्नुभएको थियो । कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र दाङ सह इन्चार्ज अनारकली मियाले सम्बोधन गर्नुभएको थियो ।

    गाडीमा चार वटा माइक अगाडि पछाडि राखेर तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरेपनि कार्यकर्ता पनि नआएका हुन । ‘घरतर्फ जाँदै थिएँ, यसो हेरेको माधव नेपाल र झलनाथ खनाललाई देखेर भाषण सुन्न बसें । तर उहाँहरु त जुरुक्क उठेर भाषण नगरेर हिँडे । मान्छे नभएर भाषण नगरेको बुझियो । तर अरु नेता नबोलेर माधव नेपाल मात्रै ५ मिनेट बोलेको भए पनि हुने थियो । आधाघण्टाको समय बेकार खेर गयो, कार्यक्रममा पुगेका एक कार्यकर्ताले भने ।

    घोराहीका पत्रकार ओपेन्द्र बस्नेतसँगको कुराकानीमा स्थानीय दुई चार जना मात्र आएकोले उहाँहरु भाषण नगरी हिडेको नेकपा एसकै नेताले स्वीकार गरेका छन । नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह इन्चार्ज अनारकली मियाले भाषण सुनाउने मान्छे नभएको र नेपालगञ्ज जान ढिला भएकाले पनि दुबै जना नेताले भाषण नगरेको स्वीकार गर्नुभयो । ‘केलाई सुनाउन भाषण गर्ने हो र ? घोराहीमा पनि कार्यक्रम थियो ।

    मान्छे सबै उतै रहे । यहाँ कस्लाई सुनाउने हो । फेरि कमरेडहरूलाई नेपालगञ्ज जान पनि हतार थियो,’ सहइन्चार्ज मियाले भन्नुभयो । पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, एकीकृत समाजवादीका नेता भागवत विश्वासी, दाङका नेकपा एसका अध्यक्ष सुरामणी बेल्बासे लगायतका समाजवादीका सयौँ नेता तथा कार्यकर्ता एमालेमा समाहित भएपछि दाङमा नेकपा एसको अवस्था लगभग सून्यमा झरेको दृष्य यो घटनाले प्रष्ट पारेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend