logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • गाजाको अस्पतालमा इजरायलको रकेट आक्रमण, ५ सयभन्दा बढीको हत्या

    गाजाको अस्पतालमा इजरायलको रकेट आक्रमण, ५ सयभन्दा बढीको हत्या

    33.5K
    Shares
    गाजाको अस्पतालमा इजरायलको रकेट आक्रमण, ५ सयभन्दा बढीको हत्या

    काठमाडौं । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौँ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

    मङ्गलवार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

    प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा बालबालिकासहित ५०० सय बढीको निधन भएको छ । अधिकांश प्यालेस्टाइनी मारिएको बताइएको छ । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो ।

    संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलवार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।

    आक्रमणमा परी सयौँ मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend