logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रपति पौडेललाई भेटेर अध्यक्ष बबि राईले भने: मिक्लाजुङ गाउँपालिकालाई सहयोग गर्नुस्

    राष्ट्रपति पौडेललाई भेटेर अध्यक्ष बबि राईले भने: मिक्लाजुङ गाउँपालिकालाई सहयोग गर्नुस्

    7.3K
    Shares
    राष्ट्रपति पौडेललाई भेटेर अध्यक्ष बबि राईले भने: मिक्लाजुङ गाउँपालिकालाई सहयोग गर्नुस्

    काठमाडौँ – मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रम मार्फत मिक्लाजुङ गाउँपालिकालाई सहयोग गर्न अनुरोध गरेका छन् ।

    सोमवार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलसंग भेटघाट गर्दै अध्यक्ष राईले मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा पर्ने रमिते क्षेत्र भौगोलिक हिसावले निकै टाढा रहेका कारण  त्यहाँका विधार्थीले निकै कष्ट भोग्नु परेको भन्दै सोही वडामा रहेको टाँडी माध्यमिक बिद्यालयलाई आवास सहितको बिद्यालयमा रुपान्तरणका लागि सहयोग गर्न  अनुरोध गरेका हुन् ।

    अध्यक्ष राईले टाँडी मा.बि लाई आवास सहितको पर्यटन बिद्यालयमा रुपान्तरण गर्नका लागि सोही अनुसारको कक्षाकोठा, प्रयोगशाला त्यस्तै  करिव एक सय जना क्षमता भएको छात्रावास  र बीस जना शिक्षक कर्मचारी बस्न मिल्ने भवन लगायातका पूर्वाधार निर्माण गर्न करिव साढें पाँच करोड लागत आवश्यक पर्ने भएकोले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट सो रकम उपलब्ध गराउन माग गरेका थिए ।

    त्यस्तै मोरंग र झापाको दमक नगरपालिकाको सिमानामा पर्ने मावा खोलामा बर्षेनी आउने बाढीका कारण मानवीय बस्ती नै जोखीममा परेको र ठुलो जनधनको खतरा रहेको भन्दै मावा खोला व्यवस्थापन र प्राकृतिक श्रोतको सदपुयोग गर्न तटबन्ध निर्माण गर्नुपर्ने भएकोले सो को लागि समेत करिव पांच करोड राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रमबाट रकम उपलब्ध गराईदिन माग गरेका छन् ।

    राष्ट्रपति पौडेललाई भेट्न निबेदन सहित अध्यक्ष राईसंगै मिक्लाजुङ गाउँपालिकाका जनस्वास्थ्य अधिकृत डा सुजा पण्डित, नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, कांग्रेस महासमिति सदस्य चिरन्जीवी थापा शितल निवास पुगेका थिए ।

    त्यस्तै सोमवार नै अध्यक्ष राई र कांग्रेस महासमिति सदस्य चिरन्जीवी थापाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई भेटेर मिति २०७९ साल श्रावण ३ गते सुरक्षा समिति मोरङले सिफारिस गरेको ,मधुमल्ला ईलाका प्रहरी कार्यलय (ख) लाई (क) बनाउने साथै टाडी र रमिते अस्थायी प्रहरी चौकीलाई स्थायी बनाईदिन तत्काल पहल गर्न र एउटा शव बाहनको लागि समेत सहयोग गरीदिन आग्रह गरेका थिए ।

    भेटमा  सभापति खतिवडाले आफुले तत्काल गृह मन्त्रालयसंग कुरा गरेर मधुमल्ला ईलाका प्रहरी कार्यलयलाई (ख) बाट (क) बनाउने त्यसैगरी  टाडी र रमितेमा रहेका अस्थायी प्रहरी चौकीलाई छिट्टै स्थायी बनाईदिने प्रतिवद्धता ब्यक्त गरेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend