logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कामपा महानगरपालिका सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै

    कामपा महानगरपालिका सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै

    7K
    Shares
    कामपा महानगरपालिका सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने भएको छ । महानगरभित्रका ७१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने लागेको हो । त्यसका लागि दरखास्त आह्वान गरेको छ ।

    पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।

    महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो । आवेदकहरूमध्ये विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणमार्फत छनोट गरिने महानगरले जनाएको छ ।

    विद्यालय समायोजन वा थपघट भएमा सङ्ख्या थपघट हुनसक्ने महानगरले जनाएको छ । महानगरले मंसिर १ गतेसम्म इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ । प्रधानाध्यापकका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

    माध्यमिक तहका लागि दुई हजार, आधारभूत (१–८) तहको लागि एक हजार ५०० र आधारभूत तह (१–५) का लागि एक हजार परीक्षा शुल्क र महानगरपालिकामा राजश्व बुझाएको भौचर संलग्न हुनुपर्ने जनाएको छ ।

    महानगरले स्रोत शिक्षकका लागि समेत दरखास्त आह्वान गरेको छ । स्रोत शिक्षक व्यवस्थापन कार्यविधि २०८० अनुसार ११ जना स्रोत शिक्षकका लागि दरखास्त आह्वान गरेको हो । महानगरले २ जना अंग्रेजी विषय, २ जना नेपाली, ३ जना गणित, २२ जना सामाजिक र विज्ञान विषयको स्रोत शिक्षकको माग गरेको हो ।

    स्रोत शिक्षकको हकमा माध्यमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको शिक्षक हुनुपर्नेछ । ती शिक्षक काठमाडौँ महानगरपालिका भित्रको सामुदायिक विद्यालयमा कार्यरत रहेको हुनुपर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend