logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • जाजरकाेट भूकम्प अपडेट : रुकुम पश्चिम र जाजरकाेटमा गरी ८० जना भन्दा बढीकाे मृत्यु

    जाजरकाेट भूकम्प अपडेट : रुकुम पश्चिम र जाजरकाेटमा गरी ८० जना भन्दा बढीकाे मृत्यु

    2.5K
    Shares
    जाजरकाेट भूकम्प अपडेट : रुकुम पश्चिम र जाजरकाेटमा गरी ८० जना भन्दा बढीकाे मृत्यु

    जाजरकोट । जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको छ ।

    गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।

    भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन् । जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । एक सय भन्दा बढी घाइते भएका छन् ।

    यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पनि सय बढी घाइते भएका छन् । मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

    जाजरकोटको नलगाड नगरपालिका बढी प्रभावित भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend