logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काइयो

    सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काइयो

    8.4K
    Shares
    सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काइयो

    कैलाली । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोलीलाई कर्णाली प्रदेश सरकारले सुर्खेतबाटै फर्काएको छ ।
    धनगढीस्थित सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा शिवराज पनेरुको नेतृत्वमा चिकित्सक डा. गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सर्म्पक व्यक्ति हेमराज जोशीका र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेको थियो ।

    सुर्खेत पुगेपछि कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रबिन खड्काले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि आफूहरु फर्केको जोशीले बताए ।

    ‘उहाँहरुले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि हामी आइतबार राति नै धनगढी फर्किसक्यौं,’ टोलीमा संलग्न सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् फोकल पर्सन हेमराज जोशीले भने ।

    टोलीले सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पठाइएको करिब चार लाख मूल्य बराबरको औषधि कर्णालीका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेललाई हस्तान्तरण गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend