logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • नेकपा (एकीकृत समाजवादी) का दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्टसहितका नेताहरु एमाले प्रवेश

    नेकपा (एकीकृत समाजवादी) का दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्टसहितका नेताहरु एमाले प्रवेश

    2.2K
    Shares
    नेकपा (एकीकृत समाजवादी) का दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्टसहितका नेताहरु एमाले प्रवेश

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्टसहितका नेताहरु एमालेमा प्रवेश गरेका छन्।

    ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको विशाल जनसभामा एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले विष्टसहित नेकपा (एकीकृत समाजवादी) का बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, नेपाली कांग्रेसका महासमिति सदस्य सरस्वती कोली (पाटन नगरपालिकाका पुर्व उप–मेयर) लगायतका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

    बिहीबार बिहान बैतडीबाट एमालेले ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को सुरुवात गरेको छ। झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि गोठलापानीमा जनसभा गरेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend