logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • नक्सा पास नगरी निर्माण गरिएका घरमा चल्यो डोजर

    नक्सा पास नगरी निर्माण गरिएका घरमा चल्यो डोजर

    16.4K
    Shares
    नक्सा पास नगरी निर्माण गरिएका घरमा चल्यो डोजर

    कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पार्कमोडमा रहेको अमित प्लाजा रहेको घरमा बनेको अवैध संरचना भत्काइएको छ ।

    शनिवार उपमहानगरले स्थानीय दुष्यन्त बस्नेत र प्रदिपकुमार अग्रवालको नाममा दर्ता रहेको जग्गामा बनेको घरका अवैध संरचना हटाइएको हो । घरधनी बस्नेत र अग्रवालले धनगढी उपमहानगरपालिकाबाट नक्सा पास नगरी घरमा तला थपेको र संरचना निर्माण गरेको पाइएपछि ती अबैध संरचना नगर प्रहरी र डोजरको सहयोगमा भत्काइएको हो ।

    अवैध संरचना हटाएर सडक क्षेत्राधिकार र नाला निकासको अवरोध हटाउन उपमहानगरपालिकाले घरधनीका नाममा मंसिर १४ गते अन्तिम पत्र काटेको छ। सडक चौडा बनाउन र नालीको निकास व्यवस्थित बनाउन अवैध संरचना हटाउनु परेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

    घरधनीले उपमहानगरपालिकाबाट अढाई तलाको नक्सा पास गरेको भएपनि तेस्रो तलामा ट्रस निर्माण गरेको, भवनको पूर्वतर्फ सडकमा ४ फिट २ इन्च छज्जा र छज्जामा बनेको स्टोर रुम र वाथरुम समेत सडक क्षेत्राधिकारभित्र परेको उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

    उपमहानगरको सूचनामा घरधनीले पेस गरेको सफाइमा पनि नक्सा पास गरेको भन्दा बढी संरचना निर्माण गरेको स्वीकार गरिएको र उक्त कार्य कानुन विपरीत देखिन आएको हुँदा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम अवैध भएकाले संरचना भत्काउनु परेको उपमहानगरले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend