logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने

    नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने

    1.6K
    Shares
    नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा विविध विषयमा छलफल भएपनि निर्णय दल दर्ता गर्ने निर्णय मात्रै गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

    ‘एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभाको निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । बाँकी विषयमा भोलि बस्ने बैठकले निर्णय गर्नेछ’, खतिवडाको भनाइ छ ।

    नेता खतिवडाले महाधिवेशनबारे मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताए । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend