logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • डोटीमा भालुको आक्रमण बाट एक महिला घाइते

    डोटीमा भालुको आक्रमण बाट एक महिला घाइते

    1.2K
    Shares
    डोटीमा भालुको आक्रमण बाट एक महिला घाइते

    डोटी । डोटीमा भालुको आक्रमण बाट एक जना महिला घाइते भएकी छन् । जिल्लाको आदर्श गाउँपालिका–२ कुचेडा बस्ने शेरबहादुर बोहराकी श्रीमती २४ वर्षीया देउसरा बोहरा घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    घर नजिकै रहेको जंगलमा आज शनिबार घाँस काट्ने क्रममा भालुले आक्रमण गरी निजको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिनुभयो ।

    घाइते महिलालाई मौवा स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend