logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कर खारेजीको माग गर्दै सोमबार देशभरका सिनेमा घर बन्द

    कर खारेजीको माग गर्दै सोमबार देशभरका सिनेमा घर बन्द

    1.4K
    Shares
    कर खारेजीको माग गर्दै सोमबार देशभरका सिनेमा घर बन्द

    काठमाडौँ । सोमवार देशभरका सिनेमा घरहरु बन्द भएका छन् । नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सांकेतिक रुपमा मुलुकभरका फिल्म हलहरु बन्द गरिएका हुन् ।

    संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोप लगाएको छ ।

    सिनेमा हलहरुमा सरकारको अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) को कारण चलचित्र व्यवसायी धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै साँकेतिकरुपमा बिरोध स्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएको कुरा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend