logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • रियल इस्टेटमा आक्रामक व्यवसायी दीपक कुँवरका राजधानीमा आधादर्जन हाउजिङ परियोजना

    रियल इस्टेटमा आक्रामक व्यवसायी दीपक कुँवरका राजधानीमा आधादर्जन हाउजिङ परियोजना

    94.8K
    Shares
    रियल इस्टेटमा आक्रामक व्यवसायी दीपक कुँवरका राजधानीमा आधादर्जन हाउजिङ परियोजना

    काठमाडौं। व्यवसायी दीपक कुँवरले रियल इस्टेट व्यवसायमा आक्रामक रुपमा लगानी बढाएका छन्। मन्दीका कारण रियल इस्टेट व्यवसाय सुस्त भएका बेला कुँवरले राजधानीका विभिन्न स्थानमा ३ वटा अहिले हाउजिङ परियोजना सुरु गरेका छन्। कुँबरले सिडी इनोभेटिभ डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत बूढानीलकण्ठमा आकृति कोलोनी निर्माण गरिरहेको छन्।

    कुँवरले पानोरमा रियल इस्टेट र वन्डफूल रियल इस्टेटमार्फत आभास कोलोनी परियोजना बनाइरहेका छन्। कूल ८३ वटा हाउजिङ युनिटहरु मध्ये ४१ वटा युनिट पानोरमाले विकास गरिरहेको छ। बाँकी ४२ हाउजिङ परियोजना वन्डरफूलले विकास गर्ने भएको छ। यि दुई कम्पनी सन् २०२१ मा स्थापना भएका हुन्।

    रियल इस्टेट व्यवसायमा दुई दशक लामो समय बिताएका दीपकले धापासीमा कुँवर कोलोनी, बानियाटार ल्यान्ड डेभलपमेन्ट प्रोजेक्ट, गोंगबुमा इसान मल र लोत्से मलका साथै बुढानिलकण्ठको हेपाली हाइटमा आकृति कालोनी निर्माण भइरहेको छ। सिडीले बनाइरहेको प्रस्तावित आकृति कोलोनी (हेपाली हाइट) को काम आगामी असारसम्म सम्पन्न हुने अनुमान छ।

    कोलोनीभित्र २८ आवासीय भवन बन्ने छन् । कोलोनी बनाउन १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ लगानी हुने अनुमान छ। जसमध्ये ६५ करोड ४७ लाख रुपैयाँ बैंक ऋण र बाँकी ४१ करोड ३१ लाख संस्थापक स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ।

    ६१ प्रतिशत बैंक ऋण र बाँकी ३९ प्रतिशत संस्थापकको स्वपुँजी लगानी हुने भएको छ। कोलोनी निर्माणको काम सकिएको छ। इन्टेरियर डिजाइनको काम भइरहेको सिडीले जनाएको छ।
    गत असोजसम्म कोलोनीको ९२ प्रतिशत वित्तीय प्रगति भएको छ। ६५ करोड ६७ लाख ऋण र बाँकी ३३ करोड रुपैयाँ इक्विटी खर्च भइसकेको सिडीले जानकारी दिएको छ। कोलोनी ७ हजार ५ सय २५ वर्गमिटरमा फैलिएको छ।

    कम्पनीले ६५ करोड ४७ लाख रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ। कम्पनीले कोलोनीको बुकिङ भने खुलाएको छैन।

    कोलोनी बूढानीलकण्ठ नगरपालिका ७ को हेपाली हाइटमा छ। कोलोनी मुख्य सडकबाट १.५ किलोमिटर दुरीमा छ। सिडी रियल इस्टेट विकासका लागि सन २०१५ मा स्थापना भएको कम्पनी हो।
    यस्तै पानोरमा र वन्डरफूल रियल इस्टेटले तीव्र गतिमा बढ्दै गइरहेको आवासीय बस्तीको रुपमा रहेको टोखाको पञ्चेटारमा आभास कोलोनी बनाइरहेको छ । आवश्यक जग्गा प्राप्तिपछि आयोजनाको सक्रिय विकास कार्य २०२३ अगस्टदेखि सुरु भएको हो।

    नियामक स्वीकृतिका कारण मध्य जुलाई २०२३ सम्म ४२ प्रतिशत वित्तीय प्रगति मुख्यतया भूमिको कारण थियो। ४२ प्रतिशत रकम जग्गा खरिदमा लगानी भएको कम्पनीले जनाएको छ। गत पुससम्म १२ इकाइको सर्फेसको काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ। पानोरमाका अनुसार इकाइहरु उन्नत चरणमा छन्। आयोजनाको विकासको गति समयमै स्वीकृति र वितरणमा निर्भर रहनेछ।

    प्रस्तावित ऋण रकम र ग्राहकहरुबाट पछिको बुकिङ अग्रिम, परियोजनाको लागत ७२ प्रतिशत आवश्यकताहरू समान निर्भर छन्। कम्पनीले ८५ करोड रुपैयाँ बैंकबाट ऋण लिएको छ।

    राजधानीमा पछिल्लो समय आवासीय परियोजनाहरूमा धेरै आएका छन् । यस क्षेत्रमा संगठित रियल इस्टेट खेलाडीहरू बढ्दै गएका छन्। यसले तीव्र प्रतिस्पर्धा बढाएको छ।

    सिडीका अध्यक्ष कुँवर हुन्। उनी ल्होत्से बहुउद्देश्यीय प्रालि र लेससी बिल्डर्सका संस्थापक पनि हुन्। हाउजिङ बिजनेसमा उनको दुई दशक बढी लामो अनुभव छ। उनको घर जग्गा विकास परियोजनाहरूमा लामो ट्रयाक रेकर्ड छ। उनी अहिले ग्रान्डी इन्टरनेसनल हस्पिटलका अध्यक्ष पनि हुन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend