logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • श्रीमानको भरणपोषणमा मासिक ५ हजार दिन अदालतको आदेश

    श्रीमानको भरणपोषणमा मासिक ५ हजार दिन अदालतको आदेश

    21.3K
    Shares
    श्रीमानको भरणपोषणमा मासिक ५ हजार दिन अदालतको आदेश

    एजेन्सी । सामान्यतया अदालतले पत्नीको भरणपोषण खर्च उठाउन पतिलाई आदेश दिएको पाइन्छ । तर एक पुरुषले पत्नीबाट मासिक भरणपोषण रकम पाउने गरी अदालतले फैसला गरेको छ ।

    भारतको मध्यप्रदेश राज्यको इन्दौरमा एक ‘फेमिली कोर्ट’ ले अमन नाम गरेका २३ वर्षीय पुरुषको मुद्दामा यस्तो फैसला गरेको हो । उज्जैन निवासी अमनले आफू बेरोजगार रहेको र पत्नीकै कारण अध्ययन गर्न नपाएको जिकिर गर्दै भरणपोषणको माग गरेका थिए ।

    उनकी पत्नी २२ वर्षीय नन्दिनीले भने आफू बेरोजगार रहेको र अमन रोजगारीमा रहेको जिकिर गरेकी थिइन् । तर उनले अमन रोजगारीमा रहेको प्रमाण जुटाउन सकिनन् । बरु अमनले नन्दिनीको ब्यूटीपार्लर व्यवसाय रहेको तथ्य अदालतमा पुष्टि गरिदिएका थिए । अमनका वकिल मनिष झरौलाका अनुसार सन् २०२१ जुलाईमा अमन र नन्दिनीको विवाह भएको थियो । विवाहपछि दुवै जना इन्दौरमा भाडाको घरमा बस्दै आएका थिए ।

    वकिल झरौलाका अनुसार फेमिली कोर्टले हिन्दु विवाह अधिनियमको धारा २४ मा टेकेर यस्तो फैसला गरेको हो । उक्त धारामा आवेदक (पति या पत्नी) सँग आफ्नो अति आवश्यक खर्च उठाउन पर्याप्त आय नभएको अवस्थामा दुवैको आयस्रोत हेरेर भरणपोषणका लागि आदेश गर्न सक्ने व्यवस्था छ ।

    अदालतले अमन र नन्दिनीलाई साथ नबस्ने छुट पनि दिएको छ । तर नन्दिनीले प्रत्येक महिना अमनका लागि ५ हजार भारतीय रुपैयाँ उपलब्ध गराउनु पर्ने छ । अदालतमा अमनले विवाहपछि आफूलाई नन्दिनीले दुःख दिएको र दुई महिनापछि नै आफूले नन्दिनीलाई छाडेर आमाबुबासँग बस्न थालेको जिकिर गरेका थिए ।

    आफूले १२ कक्षा पास गरेको तर कलेजमा भर्ना भएपनि नन्दिनीकै कारण थप अध्ययन गर्न नपाएको पनि उनको जिकिर थियो । नन्दिनी र उनका परिवारले जबर्जस्ती विवाह गराएको अमनको भनाइ थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend