logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    आइपिओ खुलेको दिन सर्वोत्तम सिमेन्टमा माग भन्दा तीन गुणा बढी आवेदन

    आइपिओ खुलेको दिन सर्वोत्तम सिमेन्टमा माग भन्दा तीन गुणा बढी आवेदन

    5.2K
    Shares

    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्राथमिक सेयर (आइपिओ) मा खुलेको पहिलो दिनमै मागभन्दा ३.१२ गुणा बढी आवेदन परेको छ। आइतबार साँझ ५ बजेसम्म ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ।

    सीडीएसका अनुसार १ लाख ५६ हजार २०७ जनाले ८६ लाख ६० हजार ६४० कित्ताका लागि आवेदन दिएका छन्। सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आज आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता आइपिओ निष्कासन गरेको हो।

    उद्योगले प्रभावित क्षेत्रका स्थानीयवासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो। सर्वोत्तमले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपिओ निष्कासन गरेको छ।

    आइपिओमा फागुन १६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend