logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुनको भाउ तोलामा २ हजारले बढ्यो

    सुनको भाउ तोलामा २ हजारले बढ्यो

    7.7K
    Shares
    सुनको भाउ तोलामा २ हजारले बढ्यो

    काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँ कायम रहेको थियो ।

    यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । अमेरिकी कमर्स डिपाटमेन्टले हालै सार्वजनिक गरेको मूल्य वृद्धि दर सम्बन्धी प्रतिवेदनका कारण सुनको मूल्यमा उतारचढाव देखिएको विश्लेषकहरुले बताए ।

    उक्त रिपोर्टले मूल्य वृद्धि दर प्रक्षेपण भन्दा बढी आएको देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend