logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सुनको मूल्य बढेर नयाँ रेकर्ड, अझै उकालो लाग्ने संभावना

    सुनको मूल्य बढेर नयाँ रेकर्ड, अझै उकालो लाग्ने संभावना

    2.6K
    Shares
    सुनको मूल्य बढेर नयाँ रेकर्ड, अझै उकालो लाग्ने संभावना

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रकेडक कायम राखेको छ । मंगलबार सुनको मूल्य बढेर तोलोको १ लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।

    गत पुस १२ गते सुनको मूल्य तोलाको १ लाख २२ हजार रुपैयाँ पुगेको थियो । फागुनको पहिलो सातादेखि नेपाली बजारमा सुनको भाउ उकालो लागेको हो । सुनको भाउ अझै बढ्ने संभावना रहेको छ ।
    अन्तर्राष्ट्रिय बजारमा बढेर प्रतिऔंस २१ सय १३ डलर पुगेपछि यसको असर नेपाली बजारमा परेको छ।

    अघिल्लो दिन प्रतितोला १ लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला २ हजार रुपैयाँ बढेर नयाँ बिन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघ सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ थियो ।

    चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेर १ हजार ४ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउने भएपछि यसको असर सुनको मूल्यमा परेको विश्व बजारमा मूल्यवृद्धि हुनु, रोजगारी घट्नु र अमेरिकी डलर कमजोर हुन थालेपछि सुनको भाउले नयाँ उचाइ कायम गरेको महासंघका पूर्वअध्यक्ष  तेजरत्न शाक्यले बताए ।

    बुधबार र बिहीबार अमेरिकाको केन्द्रीय बैंकले ब्याजदरको विषयमा निर्णय लिने भएको छ। शुक्रबार अमेरिकाको श्रम विभागको प्रतिवेदन आएपछि फेडरल रिजर्भले ब्याजदर घटाउने वा स्थिर राख्ने निर्णय गर्ने भएकाले त्यसपछि मात्र सुनको मूल्य तय हुने उनको भनाई छ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend