logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • अपडेट : फेसबुकमा देखिएको समस्या समाधान, सबै एकाउन्टहरु सुचारु

    अपडेट : फेसबुकमा देखिएको समस्या समाधान, सबै एकाउन्टहरु सुचारु

    7.6K
    Shares
    अपडेट : फेसबुकमा देखिएको समस्या समाधान, सबै एकाउन्टहरु सुचारु

    काठमाडौँ । मंगल राति विश्वभर सामाजिक सञ्जाल फेसबुकमा एका एक देखिएको समस्या अहिले रति सुचारु भएको छ । करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको थियो।

    तर के समस्या आएर एकाउन्टहरु एकैपटक लगआउट भएका हुन् सो विषयमा आधिकारीक जानकारी भने आएको छैन् ।फेसबुक प्रयोग कर्ताको एक्कासि फेसबुक लगआउट भएपछि लगइन नै नहुने समस्या देखिरहेको थियो । सामाजिक सञ्जाल प्रयोग कर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका थिए ।

    फेसबुकमा पटक पटक युजरनेम र पासवर्ड मागिरहेको भएपनि नखुल्ने गरेको थियो । अहिले पुनः सुचारु भएका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका थिए ।

    सामाजिक सञ्जाल फेसबुकसँगै मेटाको मेसेन्जर र इन्स्टाग्राममा पनि देखिएको समस्या समाधान भएको छ । फेसबुक इन्स्टाग्रामले एक घण्टा पूर्णरुपमा काम गर्न छाडेका थिए भने मेटाकै ह्वाट्सएप भने सुचारु रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend