logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • शुक्रबारदेखि फर्मा एक्स्पो, १ सय ६० औषधी स्टल हुने

    शुक्रबारदेखि फर्मा एक्स्पो, १ सय ६० औषधी स्टल हुने

    1.6K
    Shares
    शुक्रबारदेखि फर्मा एक्स्पो, १ सय ६० औषधी स्टल हुने

    चितवन । चितवनमा यही फागुन २५ देखि १७ गतेसम्म हुने नवौँ फर्मा एक्स्पोबाट यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपाल औषधि उत्पादक सङ्घ (एपोन) ले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरेर एक्स्पोका माध्यमबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको हो ।

    नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोमा स्वदेशी तथा विदेशी पाहुना आउने बताउँदै यसले यहाँको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पार्ने बताउनुभयो । भरतपुर भ्रमण वर्ष मनाइरहँदा भएको यो एक्स्पोले केही हदसम्म भए पनि टेवा पुग्ने उहाँको विश्वास छ । उहाँले एक्स्पोकै कारण चितवनका अधिकांश होटलका कोठा सबै ‘बुक’ भएका बताए।

    पत्रकार सम्मेलनमा दिइएको जानकारीअुनसार एक्स्पोमा विदेशी विज्ञ प्राविधिक, उपकरण उत्पादक, सरकारी प्रतिनिधिलगायतका पाहुनाको उपस्थिति रहने जानकारी दिँदै विदेशीलाई नेपाली औषधि उद्योगको अवलोकन गराइनेछ ।

    आर्थिक वर्ष २०७८/०७९ नेपालका औषधि उद्योगीले करिब ३४ अर्ब रुपैयाँको औषधिको कारोबार गरेको जानकारी दिँदै आव २०७९/०८० मा त्यो घटेर २९ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ ।

    एक्स्पोमा १६० वटा स्टल राखिने छन् जसमा भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मनी, चीनलगायत नौ देशले उत्पादनमा प्रयोग गर्ने उपकरण, प्रयोगशाला उपकरण, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिने छन् ।

    एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ । एक्स्पो २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend