logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

    तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

    637
    Shares
    तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    आज सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार पाँच सय रूपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि हिजो बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

    बिहीबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    बुधबार चाँदी प्रतितोला एक हजार चार सय ४० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend