logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुनको मूल्यमा नयाँ रेकर्ड तोलाको कती पुग्यो ?

    सुनको मूल्यमा नयाँ रेकर्ड तोलाको कती पुग्यो ?

    637
    Shares
    सुनको मूल्यमा नयाँ रेकर्ड तोलाको कती पुग्यो ?

    काठमाडौँ  । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार चार सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २४ हजार चार सय थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार चार सय ७५ तोकिएको महासंघले जनाएको छ ।

    महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend