logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • तोलामा ४ सयले घट्यो सुन

    तोलामा ४ सयले घट्यो सुन

    1.1K
    Shares
    तोलामा ४ सयले घट्यो सुन

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रुपैँया ४ सयले ओरालो लागेको हो ।

    महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ । शुक्रबार छापावाला सुन प्रतितोला रुपैँया १

    लाख २५ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला रुपैँया १ लाख २४ हजार ४ सय तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रुपैँया १ लाख २४ हजार ८ सयमा कारोबार भएको थियो ।

    यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रुपैँया १ हजार ५ सय १५ मा कारोबार भएको चाँदी आज भने रुपैँया १ हजार पाँच सय ३० कायम गरिएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend