logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • तीन महिनामै बुद्ध एयरको पौने ४ अर्ब व्यापार, बजार हिस्सा पनि बढ्दो

    तीन महिनामै बुद्ध एयरको पौने ४ अर्ब व्यापार, बजार हिस्सा पनि बढ्दो

    9.9K
    Shares
    तीन महिनामै बुद्ध एयरको पौने ४ अर्ब व्यापार, बजार हिस्सा पनि बढ्दो

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयर प्रालिले तीन महिनामा ३ अर्ब ८३ करोड रुपैयाँ व्यापार गरेको छ । गत वर्ष बुद्ध एयरले १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ व्यापार गरेको थियो ।

    यस्तै सन् २०२२ मा १० अर्ब, २०२१ मा ३ अर्ब ३३ करोड र २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो । २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।
    २०१८ मा कम्पनीले ६ अर्ब ८ करोड रुपैयाँको कारोबार गरेको थियो । कोरोनमा महामारीले उडान बन्द हुँदा २०२० र २०२१ मा बुद्ध एयरको व्यापारमा भारी गिरावट आएको थियो ।

    २०२१ बाहेक अन्य वर्ष बुद्ध एयरको कारोबार बढ्दै गएको वित्तीय विवरणले देखाएको छ । आम्दानी बढेपछि बुद्धको अपरेटिङ प्रोफिट मार्जिन १८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मार्जिन १० प्रतिशत मात्र थियो । इन्धनको भाउ घटेका कारण बुद्धको मार्जिन बढेको हो ।

    झण्डै ३ दशकदेखि सञ्चालनमा रहको बुद्ध एयरको बजार हिस्सा बढेर अहिले ६७ प्रतिशत पुगेको छ । सन् २०२२ मा ५६ प्रतिशत थियो । बुद्धको मुख्य आम्दानीको स्रोत टिकट बिक्री हो । बुद्ध एयरको फेब्रुअरीदेखि अप्रिलसम्म र सेप्टेम्बरदेखि नोभेम्बरसम्म बढी आम्दानी हुने गरेको छ ।

    बुद्धको प्रतिसिट प्रतिकिलोमिटर आम्दानी बढेर २१ रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी १८ रुपैयाँ थियो । २०२२ मा १७ र २०२१ मा प्रतिसिट प्रतिकिलोमिटर आम्दानी १३ रुपैयाँ थियो ।

    सन १९९६ मा स्थापना भएको बुद्ध एयर सञ्चालनमा आएको २७ वर्ष बितिसकेको छ । बुद्धले देशका प्रमुख सहर विराटनगर, भैरहवा, नेपालगन्ज, पोखरा, भद्रपुर, भरतपुर, धनगढीलगायत प्रमुख गन्तव्यमा उडान गर्दै आएको छ। उसले अन्तर्राष्ट्रियतर्फ भारतको बनारस उडान पनि गर्दै आएको छ।

    बुद्ध एयरसँग ७२ सिटे १३ वटा र ४२ सिटे तीनवटा जहाज छन् । दैनिक १ सयभन्दा बढी उडानमार्फत ९ १० हजार यात्रुलाई गन्तव्यसम्म पुर्याउँदै आएको छ । बुद्धले प्रादेशिकसहित रात्रिकालीन उडानसमेत गर्दै आएको छ।

    कम्पनीका अध्यक्षमा वीरेन्द्रबहादुर बस्नेत छन् । बुद्धको शिखर इन्स्योरेन्स कम्पनीमा ६ प्रतिशत स्वामित्व छ। कम्पनीले २ करोड ५५ लाख १० हजार अमेरिकी डलर ऋणको रेटिङ गराएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend