logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • डोटीमा माटो खन्ने क्रममा एक महिला च्याप्पिइन्, उद्धार कार्य जारी

    डोटीमा माटो खन्ने क्रममा एक महिला च्याप्पिइन्, उद्धार कार्य जारी

    1.3K
    Shares
    डोटीमा माटो खन्ने क्रममा एक महिला च्याप्पिइन्, उद्धार कार्य जारी

    काठमाडौँ । डोटीको शिखर नगरपालिका–९ जिजौडामाण्डौमा माटो खन्ने क्रममा एक जना महिला पुरिएकी छन् ।

    जिजौडामाण्डौंको छोयाकी २१ वर्षकी निर्मला रोस्यारा माटो खन्दा खन्दै बनेको सुरुङ भित्र च्यापिएको अवस्थामा रहेकी छन् । शनिवार दिउँसो करिब साढे तिन बजे तिर रातो माटो खन्ने क्रममा च्यापिएकी हुन ।

    उनीसँगै माटो खन्ने तीन जना महिला सकुशल बाहिर निस्कन सफल भएका छन् भने उनको अहिलेसम्म उद्धार हुन सकेको छैन । उद्धारका लागी स्थानीयको टिम लागेको स्थानीय देवीदत्त भट्टले जानकारी दिए ।

    प्रहरीको टोली अहिले घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend