logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • ट्र्याक्टर दुर्घटना अपडेट : मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

    ट्र्याक्टर दुर्घटना अपडेट : मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

    3.1K
    Shares
    ट्र्याक्टर दुर्घटना अपडेट : मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

    अछाम । अछामको मेल्लेख गाउँपालिकामा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।
    मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

    षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर मेल्लेख–७ नन्देगडाको सुयडी नजिकै आज दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका प्रहरी निरीक्षक साउदले बताए ।

    घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend