logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सेयर बजार दोहोरो अंकले घट्यो

    सेयर बजार दोहोरो अंकले घट्यो

    975
    Shares
    सेयर बजार दोहोरो अंकले घट्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर २ हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।

    आज ३ सय ४ कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २ सय ३६ पटक खरिदबिक्री हुँदा रुपैँया २अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन २ दशमलव १९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    बैंकिङ १ दशमलव २२, विकास बैंक १ दशमलव ४९, वित्त शून्य दशमलव ८५, जलविद्युत् एक दशमलव १२ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ९६, उत्पादन २ दशमलव २५, निर्जीवन बीमा शून्य दशमलव ७७ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

    बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रुपैँया २८ करोड ९० लाख २५ हजार ८ सय ५६ बराबरको कारोबार भएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend