logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप

    चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप

    741
    Shares
    चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप

    चितवन । जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिईएको थियो ।

    उनका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलब ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन । गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभिायनका क्रममा जिल्लाका सात पालिकामा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइएको थियो ।

    उनका अनुसार छ सय ४६ खोप केन्द्रबाट उनीहरुलाई खोप दिइएको हो । अभियानकै क्रममा नियमित खोप छुटेका २ सय हाराहारी बालबालिकालाई छुट खोप दिइएको छ । अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिएको थियो ।

    अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो । जिल्लामा विसं २०७९ मङ्सिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend