logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको खोजी कार्य जारी

    कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको खोजी कार्य जारी

    871
    Shares
    कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको खोजी कार्य जारी

    काठमाडौँ । कैलालीको चिसापानी स्थित कर्णाली पुलबाट नदीमा हामफाल्दा बेपत्ता भएका एक युवकको खोजी कार्य जारी छ ।

    सोमवार दिउँसो १७ जना युवा पुलबाट नदीमा हाम फालेर पौडी खेलेका थिए । तीमध्ये कैलाली लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन् ।

    पुलमा ड्युटीमा रहेका प्रहरीलाई एकछिन फोटो खिचेर आउँछौ भन्दै गएका युवाहरु एकपछि अर्को गरी क्रमशः हाम फालेका थिए ।

    कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखीका शाही चिसापानीमा व्यवसाय गर्दै आएका थिए । आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको कैलाली प्रहरी प्रमुख पदम विष्टले बताए ।

    आवश्यक परे गोताखोर परिचालन गर्ने प्रहरीको तयारी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend