logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • निर्माण व्यावसायमा मन्दीको असर : आरएमसी ग्रुपको राजेश मेटलको व्यापार भारी गिरावट

    निर्माण व्यावसायमा मन्दीको असर : आरएमसी ग्रुपको राजेश मेटलको व्यापार भारी गिरावट

    1.1K
    Shares
    निर्माण व्यावसायमा मन्दीको असर : आरएमसी ग्रुपको राजेश मेटलको व्यापार भारी गिरावट

    काठमाडौं । निर्माण व्यवसायमा आएको मन्दीका कारण व्यवसायिक घरना आरएमसी ग्रुपले सञ्चालन गरिरहेको राजेश मेटल क्राफ्ट प्राइभेट लिमिटेडको व्यापारमा भारी गिरावट आएको छ । एक वर्षमा राजेश मेटलको व्यापार ९२ प्रतिशत घटेको छ ।

    सन् २०२३ मा राजेश मेटलले ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँको निर्माणजन्य सामाग्रीको उत्पादन तथा व्यापार गरेको थियो । २०२२ मा उद्योगले ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँको निर्माण सामाग्रीको व्यापार गरेको थियो । एक वर्षमा राजेश मेटलको व्यापार ४ अर्ब ११ करोड रुपैयाँ घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    सन् २०२१ मा राजेश मेटलले ७ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो । २०२० मा उद्योगले ५ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै २०१९ मा ७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष आरएमसीको ८० प्रतिशत आम्दानी सिट सेग्मेट र २० प्रतिशत पाइप सेग्मेन्ट बिक्रीबाट भएको छ ।

    राजेश मेटलको स्थापना सन् १९९३ मा भएको हो । सन् २०१६ मा उद्योग पब्लिक लिमिटेडबाट प्राइभेट लिमिटेडमा रुपान्तरण भएको हो । राजेश मेटलमा श्रवण अग्रवाल र उनका छोरा राजेश अग्रवाल र विष्णु अग्रवाल सञ्चालक छन् ।

    उद्योगले स्टिल पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले हट रोल क्वाइल्सको आयात गरेर कोल्ड रोल क्वाइल्सको उत्पादन गर्छ । राजेश मेटलले कोल्ड रोलिङ मिलबाट तयारी वस्तुको उत्पादन गर्छ ।

    उद्योगले कच्चा वस्तु भारतबाट आयात गर्दै आएको छ । आरएमसीको उत्पादन क्षमता वार्षिक २ लाख १२ हजार ७ सय ५० टन छ । यसमध्य उद्योगले ५७ हजार टन ब्ल्याक एन्ड ग्याल्भनाइज्ड पाइप, ५७ हजार टन कलर सिट र १८ हजार टन कटसिट उत्पादन गर्छ ।

    उद्योगले ५ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend