logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

    हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

    1K
    Shares
    हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

    झापा । झापाको शिवसताक्षी नगरपालिकामा जगंली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् ।

    शिवसताक्षी ११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जगंली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन् ।

    घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका श्रीमान ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि विर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पुर्याएको प्रहरी निरीक्षक गिरीले बताए । घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

    यस वर्ष साउनदेखि हालसम्म जिल्लामा हात्तीको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ । जगंली हात्तीले बुधबार अर्जुनधारा नगरपालिका ९ बाह्रघरेका नन्दप्रसाद पौडेल र दुर्गा बस्नेतको घर भत्काएको छ ।

    हात्तीले गोठमा रहेको धानसमेत खाएको छ । हात्तीले यसअघि मगंलबार कमल गाउँपालिका ५ सिम्लेका आइतराज लिम्बूको खेतको मकै खाएको थियो ।

    हात्तीले आइतबार मेचीनगर नगरपालिका ३ दोकानडाँडाका टकंप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend