logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कटुवा पेस्तोल सहित एक जना नियन्त्रणमा

    कटुवा पेस्तोल सहित एक जना नियन्त्रणमा

    936
    Shares
    कटुवा पेस्तोल सहित एक जना नियन्त्रणमा

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भए त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा शङकास्पद गतिविधिहरु गरेको सूचनाको आधारमा निज लिम्बु लाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका लिम्बको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाईल दुई थान सहित नियन्त्रणमा लिईएको प्रवक्ता अधिकारीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend