logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • आयरल्यान्ड ए ले नेपाल ए लाई दियो २२३ रनको लक्ष्य

    आयरल्यान्ड ए ले नेपाल ए लाई दियो २२३ रनको लक्ष्य

    871
    Shares
    आयरल्यान्ड ए ले नेपाल ए लाई दियो २२३ रनको लक्ष्य

    काठमाडौँ । आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल बनायो ।

    आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै कप्तान नील रकले र काडे कारमाइकलले समान ३८र३८ रन बनाए ।

    स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए ।

    नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend