logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गर्ने

    त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गर्ने

    3.1K
    Shares

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै सङ्कायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने भएको छ ।

    त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायको स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो ।

    त्रिविले आगामी प्रथम वर्षको परीक्षादेखि नै लागू गरि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा लागू गर्ने जानकारी दिएको छ । यसअघि नेपाली बाहेक अन्य विषयमा प्रश्नपत्र अंग्रेजी भाषामा आउने गरेको थियो ।

    भाषाका कारण नतिजामा असर गरेको भन्दै सरोकारवालाहरूले नेपाली भाषा पनि राख्न माग गरेका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend